दफा ३५
कोषको प्रत्यासन सम्बन्धी अधिकार
: (१) यस ऐनको व्यवस्था बमोजिम सुरक्षित निक्षेपकर्ताको दाबीको भुक्तानी कोषले गरेपछि त्यसरी कोषबाट गरिएको भुक्तानीको हदसम्म कोषको प्रत्यासन सम्बन्धी अधिकार
रहनेछ ।
(२) वित्तीय लिक्विडेशन वा लिक्विडेशन प्रक्रियामा कोषको दाबीलाई प्रचलित कानून बमोजिम सुरक्षित निक्षेप सरहको मान्यता र प्राथमिकतामा राखिनेछ ।
(३) उपदफा (१) बमोजिमको कोषको प्रत्यासनको अधिकारले निक्षेपकर्ताले सुरक्षित सदस्य संस्था उपर कोषले भुक्तान गरेको रकमभन्दा बढी निक्षेप रकम बाँकी रहेको अवस्थामा प्रचलित कानून बमोजिम उपचार खोज्ने अधिकारमा कुनै बाधा पर्ने छैन ।